Skip

Hamro Sanchar

तोलामा ३ हजार रुपैयाँले घट्यो सुनको मूल्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १५ गते


१५ बैशाख, ठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ घटेको छ ।

छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९७ हजार ५०० मा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सोमबार ९वैशाख १४० छापावाल सुन प्रतितोला तीन लाख पाँच हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदी तोलामा १०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पाँच हजार ४५ रुपैयाँ रहेको प्रतितोला चाँदीको मूल्य घटेर चार हजार ९४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।


प्रतिकृया दिनुहोस्