Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

डिजेल-मट्टितेलको मूल्य बढ्यो, पेट्रोलको यथावत्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ३ गते


Advertisement

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य पुनरवलोकन गरेको छ।

यसअनुसार डिजेल र मट्टितेल प्रतिलिटर ३० रुपैयाँ तथा हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ बढेको हो। तर पेट्रोलको भने यथावतु् राखिएको निगमले जनाएको छ।

पछिल्लो हेरफेरपछि डिजेल र मट्टितेल २३७ रुपैयाँ प्रतिलिटर पुगेको छ। पहिलो वर्गमा भने २३४.५० र दोस्रो वर्गमा २३६ रुपैयाँ रहेको छ।

मूल्य समायोजनपछि डिजेलमा प्रतिलिटर ९९.१६ रुपैयाँ अझै घाटा हुने निगमको भनाइ छ।

इन्डियन आयल कर्पोरेसनले नेपालमा नयाँ खरिद मूल्यसूची पठाएपछि नेपालमा पनि हेरफेर भएको हो।


प्रतिकृया दिनुहोस्