Skip

Hamro Sanchar

सरकारले घरदैलोमा नै सरकार छ भन्ने अनुभूति दिलाउने छ : राष्ट्रपति पौडेल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २७ गते


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रवाह चुस्त–दुरुस्त हुनुपर्ने बताएका छन् ।

आज संघीय संसद्का दुवै बैठकलाई संयुक्त सम्बोधन गर्दै भ्रष्टाचार नियन्त्रण गरी सुशासनको प्रत्याभूति दिलाउनुपर्ने बताए ।

“भ्रष्टाचार नियन्त्रण गरी सुशासनको प्रत्याभूत गर्न तथा आमनागरिकमा राज्यको अनुभूति दिलाउन सार्वजनिक सेवा प्रवाह चुस्तदुरुस्त हुनुपर्छ,” उनले भने ।

पौडेलले सरकारले ढिलासुस्ती हटाएर सेवा प्रवाहको व्यवस्था मिलाउने विश्वास पनि व्यक्त गरे

“ढिलासुस्ती र अनियमितता हटाएर नागरिकले घरदैलोमा नै सरकार छ भन्ने अनुभूति गर्ने गरी सेवा प्रवाहको व्यवस्था मिलाउन सरकारले कुनै कसर बाँकी राख्ने छैन भन्ने मेरो विश्वास छ,” उनले भने ।


प्रतिकृया दिनुहोस्