
प्युठान । ऐरावती गाउँपालिका-१ छेडाघाको बस्तीमा भिषण आगलागी भएको छ ।
स्थानीय लक्ष्मण रानको फुसले छाएको कच्ची गोठबाट सुरु भएको आगो बस्तीमा फैलिएको प्रहरीले जनाएको छ ।
आगलागी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी नरहरी अधिकारीसहित इलाका प्रहरी कार्यालय बिजुवार र प्रहरी चौकी दाङवाङबाट ३० जनाको टोली खटिएको थियो ।
शनिबार राति पौने १२ बजे सुरु भएको आगलागी नेपाली सेना, सशस्त्र र स्थानीयको सहयोगमा बिहान ७ बजे मात्रै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए।
आगलागीबाट बस्तीका १३ घरपरिवारका घरगोठ जलेर नष्ट नभएका छन् । आगलागीबाट झन्डै एक करोड बराबरको क्षतिको अनुमान गरिएको प्रहरीले जनाएको छ ।














