Skip

Hamro Sanchar

४० हजार ‘घुस’सहित सशस्त्र प्रहरी निरीक्षक समातिए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २० गते


Advertisement

जनकपुरधाम । धनुषामा ‘घुस’ रकमसहित सशस्त्र प्रहरी बलका एक प्रहरी निरीक्षक पक्राउ परेका छन् ।

मिथिला नगरपालिकाको लालगढबाट ४० हजार रुपैयाँ ‘घुस’सहित सशस्त्र प्रहरी निरीक्षक ओकिल अधिकारी पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

उनलाई अख्तियारको क्षेत्रीय कार्यालय बर्दिबासबाट खटिएको टोलीले शुक्रबार (चैत २०) बिहान लालगढबाट नियन्त्रणमा लिएको हो ।

कमला–ढल्केवर–वाग्मती सडक निर्माणका निम्ति माटो तथा ग्राभेल फिलिङ कार्य गरिरहेका एक ठेकेदारसँग अधिकारीले घुस रकम माग गरेका अख्तियारले जनाएको छ ।

रकम नदिँदा निर्माण कार्यमा प्रयोग हुने सवारीसाधन रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने र काममा निरन्तर दुःख–हैरानी दिने गरेका आरोपमा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।


प्रतिकृया दिनुहोस्