Skip

Hamro Sanchar

आजदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १८ गते


काठमाडौँ। सपना प्रधान मल्ल आजदेखि कायममुकायम (कामु)प्रधानन्यायाधीश बनेकी छन्।

प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण अवकाश पाएपछि उनले जिम्मेवारी सम्हालेकी हुन्।

संविधानअनुसार प्रधानन्यायाधीशको पद रिक्त हुँदा सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीशले स्वतः कामु प्रधानन्यायाधीशको जिम्मेवारी लिने व्यवस्था छ।

नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि भने संवैधानिक परिषद् पूर्ण हुन बाँकी रहेकाले प्रक्रिया केही समय लाग्ने देखिएको छ।

संसद् सञ्चालन, संसदीय सुनुवाइ र राष्ट्रपतिबाट नियुक्तिपछि मात्रै स्थायी प्रधानन्यायाधीश टुंगो लाग्नेछ ।


प्रतिकृया दिनुहोस्