
काठमाडौं । पार्टीअध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा आज नेकपा एमालेलले सीडीओ कार्यालयहरूमा विरोधपत्र बुझाउने भएको छ ।
शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले आज देशभरिका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को कार्यालयमा ओली पक्राउको विरुद्ध विरोधपत्र बुझाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आज विरोधपत्र बुझाउने एमाले महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।
साथै, ओली पक्राउको प्रतिकारस्वरूप आज जिल्ला-जिल्लामा व्यापक विरोध प्रदर्शन गर्ने एमाले नेताहरूले जानकारी दिएका छन् ।
जेन=जी घटनासम्बन्धी जाँचबुझ आयोगको सिफारिसअनुसार प्रहरीले मन्त्रिपरिषद्को निर्णयमा तत्कालीन प्रधानमन्त्रीसमेत रहेका ओली र नेपाली कांग्रेसका नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखककलाई शनिबार बिहान पक्राउ गरेको थियो ।
यद्यपि, एमालेले भने आयोगको अनुसन्धान र सिफारिस नै निष्पक्ष नभएको भन्दै प्रतिवेदन खारेजको माग राखेको छ ।













