
काठमाडौं । सरकारले महिलाका लागि सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने भएको छ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले पारित गरेको सय कार्यसूचीमा निःशुल्क ‘ब्लु बस’ सञ्चालन गर्ने पनि उल्लेख छ। महिलाको सुरक्षित आवागमनका लागि ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने जनाइएको छ।
पहिलो चरणमा सय दिनभित्र कम्तिमा २५ वटा बस सञ्चालनमा ल्याउने कार्यसूचीमा उल्लेख छ ।














