
काठमाडौं । कानुनमन्त्री सोबिता गौतमले यौनजन्य र बलात्कार पीडितलाई चाँडो न्याय दिलाउने गरी कानुन संशोधन गर्ने निर्णय लिएकी छिन् ।
सिंहदरबारमा पदभार ग्रहण गर्दै उनले यस्तो निर्णय लिएकी हुन् ।
ुुमुलुकी फौजदारी कार्यविधि संहिता २०७४, फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ तथा मुलुकी देवानी संहिता २०७४ र महिला बालबालिका सम्बन्धी अन्य विधाका ऐनहरुमा गर्नुपर्ने सुधारमा सम्बन्धमा सुधार गरी शीघ्र न्याय प्राप्त गर्नुपर्ने सम्बन्धमा गर्नुपर्ने कानुनी सुधारका विषयमा पहिचान गर्ने,निर्णयमा भनिएको छ ।














