
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य भारी वृद्धि भएको छ । पछिल्लो केहीदिन सुनको मूल्य निरन्तर घट्दै आएपनि आज भने बढेर कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्यमा एकैदिन १४ हजार ६०० रुपैयाँ वृद्धि भई तोलामा २ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको हो । यसअघि मंगलबार सुन प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, मंगलबार प्रति १० ग्राम २ लाख ३४ हजार ८२५ रुपैयाँ रहेको सुनको मूल्य आज बढेर २ लाख ४७ हजार ३४० रुपैयाँ कायम भएको छ ।
सुनसँगै चाँदीको मूल्यमा पनि आज वृद्धि देखिएको छ । मंगलबार प्रतितोला ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४१५ रुपैयाँले बढेर ४ हजार ९२० रुपैयाँ पुगेको छ । यस्तै, प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार २१८ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।











