Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आज सुनको मुल्य स्थिर, चाँदी बढ्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १३ गते


Advertisement

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ स्थिर छ भने चाँदी बढेको छ।

मंगलबार प्रतितोल एक हजार तीन सय रूपैयाँ बढेको सुनको भाउ प्रतितोला आज स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १४ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ।

मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।यस्तै, बुधबार चाँदीको मूल्य भने बढेको छ।

मंगलबार पाँच हजार पाँच सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार पाँच हजार सात सय १५ रूपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ३० रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार एक सय ८९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


प्रतिकृया दिनुहोस्