Skip

Hamro Sanchar

क्रिकेटर करण केसी विवाह बन्धनमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १२ गते


काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका बलर करण केसी र चलचित्र पत्रकार वर्षा बस्नेत विवाह बन्धनमा बाँधिएका छन्।

क्रिकेटर केसी र पत्रकार बस्नेतले लामो समयको प्रेम-सम्बन्धलाई विवाहमा परिणत गरेका हुन्।

दुवैले सामाजिक सञ्जालमार्फत विवाहको तस्बिर सार्वजनिक गर्दै लगनगाँठो कसेको जानकारी दिएका हुन्। उनीहरूले फागुन ८ मा विवाह गरेका हुन्।

यसको जानकारी आज मात्रै सार्वजनिक गरेका छन्। उनीहरूले अग्रेजी नयाँ वर्षमा इन्गेजमेन्ट गरेको बताएका थिए ।


प्रतिकृया दिनुहोस्