Skip

Hamro Sanchar

फुटबल कप्तान साम्बाको उपचारका लागि कांग्रेसले ५ लाख सहयोग गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १२ गते


काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय महिला फुटबल टोलीका कप्तान सावित्री भण्डारी ‘साम्बा’लाई उपचारका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले साम्बाको उपचारका लागि खेलाडीको उपचार कोषमा ५ लाख रुपैयाँ सहयोग गर्ने जानकारी गराएका हुन्।

उनले लेखेका छन्, एन्फा अध्यक्षलाई फोनमार्फत खेलाडीको उपचार कोषमा कांग्रेसका तर्फबाट पाँच लाख सहयोग गर्ने जानकारी गराएको छु। देशको प्रतिष्ठा बढाउन महत्त्वपूर्ण योगदान गर्नुभएको प्रसिद्ध फुटबल खेलाडी ञसाम्बाझलाई यतिबेला हामी सबैले साथ दिन जरुरी छ। उहाँलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु१ु

साम्बाले सोमबार मात्रै आफ्नो उपचारका लागि सामाजिक सञ्जालमार्फत सहयोगको याचना गरेकी थिइन्।

यसपछि नेपाल फुटबल संघ (एन्फा) र सरकारले कुनै सहयोग नगरेको भन्दै सामाजिक सञ्जालमा आक्रोश व्यक्त भइरहेको छ।

यसअघि काठमाडौँ मेडिकल कलेज ९केएमसी० ले साम्बाका लागि निःशुल्क उपचार गरिदिने घोषणा गरेको छ।

त्यस्तै एन्फाका पूर्वअध्यक्ष एवं पूर्वकप्तान गणेश थापाले ५० हजार रुपैयाँ सहयोग गर्ने बताइसकेका छन्।


प्रतिकृया दिनुहोस्