Skip

Hamro Sanchar

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, ३ गते


काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेलरमट्टीतेलको मूल्य बढाएको छ । सोमबार (फागुन ४) बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाइएको हो ।

निगमका अनुसार, पेट्रोल लिटरमा एक रुपैयाँ बढाइएको छ । त्यस्तै, डिजेलरमट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँ बढाइएको निगमले जनाएको छ ।

मूल्य बढेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १५६ रुपैयाँ र तेस्रो वर्गका लागि १५७ रुपैयाँ तोकिएको छ ।

त्यस्तै, डिजेलरमट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर १३९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४१ रुपैयाँ र तेस्रो वर्गका लागि १४२ रुपैयाँ तोकिएको छ ।


प्रतिकृया दिनुहोस्