Skip

Hamro Sanchar

तोलामा २३ सय रुपैयाँले बढ्यो सुनको मुल्य, चाँदी घट्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, ३ गते


काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउमा वृद्धि देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको हो । यो वृद्धिसँगै बजारमा सुनको भाउ प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

गत साताको अन्तिम दिन शुक्रबार सुनको भाउ ३ लाख ३ हजार ५ सय रुपैयाँ रहेको थियो ।

यस्तै आइतबार चाँदीको भाउमा भने सामान्य गिरावट आएको छ । शुक्रबार प्रतितोला ५ हजार रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १५ रुपैयाँले घटेर ४ हजार ९ सय ८५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।


प्रतिकृया दिनुहोस्