Skip

Hamro Sanchar

फागुन ३ भित्र घोषणापत्र सार्वजनिक गरी पेस गर्न निर्वाचन आयोगको निर्देशन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २७ गते


काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आउँदो फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी बुझाउन निर्देशन दिएको छ ।

आयोगले मंगलबार (माघ २७)आचारसंहिताको दफा ३७ बमोजिम दलले आयोगमा र उमेदवारलाई निर्वाचन कार्यालयमा पेस गर्न निर्देशन दिएको हो ।

निर्वाचन आचारसंहिताको दफा ३७ मा दल वा उमेदवारले घोषणापत्र सार्वजनिक गरी त्यसको आधारमा चुनाव प्रचार गर्नुपर्ने उल्लेख छ ।

३७ को २९१० अनुसार घोषणापत्र दलले आयोग र उमेदवारले निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ ।

आचारसंहितामा प्रगतिको कार्य प्रतिवेदन प्रत्येक वर्ष सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने उल्लेख छ ।

प्रतिनिधिसभा निर्वाचन आउँदो फागुन २१ गते हुँदै छ । हालसम्म अधिकांश दलले घोषणापत्र सार्वजनिक गरेका छैनन्। फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचारप्रसारको अवधि तोकिएको छ ।

 


प्रतिकृया दिनुहोस्