
काठमाडौं । नेपाली बजारमा सोमबार ९माघ २६ गते० सुनको मूल्य बढेको छ ।
यस दिन सुनको मूल्य ४१ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आजको मूल्यअनुसार सुन प्रतितोला तीन लाख चार हजार ६०० रुपैयाँ कायम भएको छ ।
आइतबार (माघ २५) मा सुनको मूल्य प्रतितोला तीन लाख ५०० रुपैयाँ थियो ।
त्यसैगरी, चाँदी तोलामा २४० रुपैयाँले बढेर प्रतितोला पाँच हजार २५० रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिन भने पाँच हजार १० रुपैयाँमा कारोबार भएको थियो ।














