Skip

Hamro Sanchar

एकैदिन तोलामा साढे २० हजारले घट्यो सुनकाे मुल्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, १६ गते


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्वाट्टै घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ९माघ १६० तोलामा साढे २० हजार रुपैयाँले घटेको हो ।

बिहीबार (माघ १५) सुनको मूल्य तोलामा साढे २० हजारले नै बढेर रेकर्ड बनाएको थियो ।

यस दिनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला तीन लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य तोलामा ४४० रुपैयाँले घटेर सात हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

अघिल्लो दिन चाँदी प्रतितोला सात हजार ५०५ रुपैयाँमा किनबेच भएको थियो ।


प्रतिकृया दिनुहोस्