Skip

Hamro Sanchar

रोकिएन सुनचाँदीको मूल्य बढ्ने क्रम, आज कति पुग्यो ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, १३ गते


काठमाडौं । लगातार बढिरहेको सुनको मूल्य मंगलबार (माघ १३) पनि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन तोलामा ३०० रुपैयाँले बढेको हो ।

अब सुनको मूल्य तोलाको ३ लाख ९ हजार ३०० रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च हो ।

सोमबार ९माघ १२० मा प्रतितोला ३ लाख ९ हजार रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ८७० रुपैयाँ पुगेको छ महासंघले जनाएको छ । अघिल्लो दिन तोलाको ६ हजार ७६५ रुपैयाँ थियो ।


प्रतिकृया दिनुहोस्