Skip

Hamro Sanchar

कर्णालीमा गठबन्धनको जित, कांग्रेसका शाही र एमालेकी रखाल विजयी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ११ गते


काठमाडौं । राष्ट्रियसभा सदस्यको निर्वाचनमा कर्णाली प्रदेशबाट नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

राष्ट्रियसभा निर्वाचन अन्तर्गत आइतबार भएको मतदानमा दुई दलबीच बनेको गठबन्धनबाट उम्मेदवार बनेका ललितजंग शाही र मिनासिं रखाल विजयी भएका हुन्।

शाही कांग्रेस र रखाल एमालेकी हुन्।

अन्य कलष्टरबाट उम्मेदवार बनेका शाहीले प्रदेशतर्फ २६ र स्थानीयतर्फ सय मतभार प्राप्त गरी विजयी बन्दा नेपाली कम्युनिष्ट पार्टीका बुद्विप्रसाद शर्माले प्रदेशतर्फ १३ स्थानीयतर्फ ५० मतभार प्राप्त गरी पराजित बने।

यस्तै, एमालेकी रखालले प्रदेशतर्फ २६ र स्थानीयतर्फ ९३ मतभार प्राप्त गरी विजयी भइन्। उनकी प्रतिद्वन्द्वी नेकपाकी अन्जु महतारा शाहीले प्रदेशतर्फ १३ स्थानीयतर्फ ५५ मतभार प्राप्त गरी पराजित भइन्।

रखाल महिला कलष्टरबाट विजयी भएकी हुन्। मतदानमा प्रदेशसभातर्फ ३९ र स्थानीय तहका एक सय ५२ जनाले भाग लिएका थिए।


प्रतिकृया दिनुहोस्