Skip

Hamro Sanchar

विष्णु पौडेल रूपन्देही-२ बाटै चुनाव लड्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ४ गते


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रूपन्देही क्षेत्र नम्बर २ बाटै लड्ने भएका छन्।

शनिबार बसेको एमालेको सचिवालय बैठकले उनलाई पाल्पा क्षेत्र नम्बर २ को उम्मेदवार बनाउने निर्णय गरेको हो। उक्त निर्णयलाई सच्याउँदै रूपन्देही-२ बाटै लड्ने भएका हुन्।

लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले पाल्पा-२ लड्ने भनिएपनि पौडेलले रूपन्देही-२ बाटै लड्ने भनेपछि निर्णय सच्चिएको हो।

‘हिजो उहाँको टुंगो लागिसकेको थिएन। आज उहाँले रूपन्देहीबाटै लड्ने भन्नुभयो,’ उनले भनिन्। उनका अनुसार पाल्पा-२ मा उम्मेदवार टुंगिएको छैन।

यसअघि पाल्पा-२ मा ठाकुर गैरेले चुनाव जितेका थिए। अहिले गैरेलाई टिकट नदिई पौडेललाई पठाएको भन्दै एमालेभित्रै असन्तुष्टि भएको थियो। पौडेल रूपन्देही-२बाट २०६४ सालदेखि निरन्तर जित्दै आएका थिए ।


प्रतिकृया दिनुहोस्