Skip

Hamro Sanchar

काठमाडौं-३ मा एमालेबाट रामेश्वर फुयाल उम्मेदवार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ४ गते


काठमाडौं । नेकपा एमालेले काठमाडौं क्षेत्र नं. ३ बाट केन्द्रीय सदस्य रामेश्वर फुयाललाई प्रतिनिधी सभामा उम्मेदवार बनाएको छ । काठमाडौं जिल्ला इन्चार्ज समेत रहेका फुयाललाई एमालेले उम्मेदवार बनाएको हो ।

फुयाल सोहि क्षेत्र अर्थात् कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-२ आलापोट निवासी हुन् ।

काठमाडौं क्षेत्र नं. ३ अन्तर्गत काठमाडौं महानगरपालिका वडा नम्बर-६, गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १,२ र ३ पर्दछ ।

फुयाललाई पार्टीले उम्मेदवार बनाउने निर्णयले स्थानीय तहदेखि संघीय तहसम्म लामो समयसम्म सार्वजनिक सेवा र संगठनात्मक नेतृत्व गरेको उनको अनुभवलाई प्राथमिकता दिइएको बताएको छ ।

फुयाललाई प्रतिनिधि सभामा पार्टीको बलियो प्रतियोगीका रूपमा लिईएको छ । उनि पार्टीभित्र जनपरिचालन, महिला, दलित एवं सामाजिक क्षेत्रमा लामो अनुभव समेत रहेको बताइन्छ ।

यसैगरी, काठमाडौंका अन्य क्षेत्रहरूमा पनि एमालेले उम्मेदवारहरू घोषित गरिसकेको छ ।

यस्तो छ राजनीतिक पृष्ठभूमि 

फुयाल राजनीतिक क्षेत्रमा गाउँपालिका अध्यक्ष, सभासद, सांसद हुँदै मन्त्री बनिसकेकी छन् । २०४९ सालमा काठमाडौंको आलापोट गाविसको अध्यक्ष पदमा निर्वाचित भएका थिए । त्यसपछी २०५४ सालको गाविसको चुनावमा पनि उनि अध्यक्षमा निर्वाचित भए । अध्यक्षपछी काठमाण्डौं जिल्ला विकास समितिको उपसभापतिमा निर्वाचित भए ।

२०६४ सालको संबिधानसभाको चुनाबमा भने काठमाडौंको क्षेत्र नम्बर ३ बाट उनि पराजित भए । २०७० सालको संबिधानसभाको चुनावमा भने उनि निर्वाचित भए । त्यसैगरी २०७४ सालको प्रदेशसभाको चुनावमा काठमाडौं जिल्ला क्षेत्र नम्बर ३ प्रदेशसभा २ बाट फुयाल निर्वाचित भए । त्यसपछी तत्कालिन एमालेको बागमती प्रदेशको प्रमुख सचेतक, पछी पार्टी एक भएपछी पनि नेकपाको प्रमुख सचेतकका रुपमा काम गरे ।

२०३६ सालदेखि विद्यार्थी राजनीतिमा लागेका रामेश्वर फुयालको राजनीतिक यात्रा धेरै लामो छ । त्यतीवेला अनेरास्ववियुमा लागेका फुयाल २०४१ सालमा तत्कालिन एमालेको सदस्य भए । २०४३ साल देखि जिल्ला तहको संगठनमा वसेर काम पनि गरे । २०४७ सालमा काठमाण्डौ जिल्ला कमिटीको एमालेको उपसचिवका रुपमा काम गरे ।

२०५४ साल फागुन २१ गते काठमाण्डौ जिल्ला कमिटीको सचिवका रुपमा काम गरे । लगातार २०६६ साल सम्म तत्कालिन एमालेको जिल्ला सचिवका रुपमा रहेर काम गरे । २०५६ सालमा काठमाडौं उपत्यका समन्वय कमिटीको उपसचिवका रुपमा काम गरेका थिए । पार्टीको आठौ राष्ट्रिय महाधिवेशनपछी २०६५ सालमा केन्द्रीय सदस्यका रुपमा काम गरे ।


प्रतिकृया दिनुहोस्