
काठमाडौं । नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ)फुटसल च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ । शुक्रबार (माघ २)नेपालले साफ फुटसल च्याम्पियनसिपको पहिलो खेलमा श्रीलंकाविरुद्ध २–१ को जित निकालेको हो ।
जितसँगै नेपालले प्रतियोगितामा पहिलो तीन अंक जोडेको छ । श्रीलंकाले भने पहिलो हार व्यहोरेको छ । श्रीलंकाले यसअघि भुटानसँग ३–३ को बराबरी खेलेको थियो ।
थाइल्यान्डको नोन्थाबुरी रंगशालमा नेपाललाई जित दिलाउन दुवै गोल सरोज तामाङले गरे । श्रीलंकाका मोहम्मद कुर्सेठ मोहम्मद शाजानले एक गोल गरे पनि टोलीको हार टार्न सकेनन् ।
मोहम्मद शाजानले श्रीलंकालाई पहिलो हाफमा अग्रता दिलाएका थिए । तर, यो अग्रता श्रीलंकाले लामो समयसम्म जोगाउन सकेन । पहिलो हाफमै सरोजले टोलीका निम्ति बराबरी गोल फर्काए । दोस्रो हाफमा उनले अर्को गोल गर्दै टोलीको जित सुनिश्चित गरेका हुन् ।













