Skip

Hamro Sanchar

कांग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म दृढ छौँ : विश्वप्रकाश

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, ३० गते


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको कारबाहीका बाबजुदत आफूहरु कांग्रेस र देशलाई बदल्ने प्रयासमा दृढ रहेको बताएका छन्।

नेपाली कांग्रेसले उनी र अर्का महामन्त्री गगन थापालाई कारबाहीको निर्णय गरेपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘मेरो प्रतिक्रिया केवल यत्ति छ-कांग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म, दुवै दृढ छौँ। बिधान अनुरूपको बिशेष महाधिवेशनले देशलाई सहि दृष्टिकोण दिएको छ, अब सहि नेतृत्व दिनेछ।

शर्माले सहमतिका लागि नेतृत्वसँग राखेका ८ बुँदा सार्वजनिक गर्दै ‘कुन बुँदा कांग्रेस र देशको अहितमा थियो र छ’ भन्दै प्रश्न समेत गरेका छन्।

 


प्रतिकृया दिनुहोस्