Skip

Hamro Sanchar

सानेपाबाट पूर्णबहादुरको ब्रिफिङ : गगन-विश्वले धोका दिए, पार्टी फुट्ने निश्चित छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, ३० गते


काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीहरूले धोका दिएको ब्रिफिङ गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै खड्काले यसअघि पुसमा पार्टीको नियमित महाधिवेशन ल्याउने विषयमा महामन्त्रीहरूसँग सल्लाह गरेर ल्याएको र उक्त समयमा कामकारबाही नभ्याएको बताएका हुन् ।

‘पुसमा नियमित महाधिवेशन गर्नेबारे मैले महामन्त्रीहरूसँग सल्लाह गरेकै हो । सल्लाहअनुसार नै तालिका ल्याउँदा, कामकारबाही गर्दागर्दै भ्याइएन,’ उनले भने, ‘महामन्त्रीहरूले केही सल्लाह नै नगरेको जसरी धोका दिनुभयो । उहाँहरू कामकारबाही हुन नसक्नुमा आफ्नो केही दोष हैन जसरी विशेष महाधिवेशनमा लाग्नु भयो । पार्टीलाई विभाजनमा धकेल्ने गरी जानुभयो ।’

त्यस्तै बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार खड्काले पार्टी विभाजनमा धकेलिएको बताएका छन् ।

‘अब पार्टी फुटमा जाने करिब निश्चित छ,’ खड्काले बैठकमा भने, ‘महामन्त्रीहरूले प्रधानमन्त्रीको उम्मेदवार घोषणा, सभापतिको राजनीतिक सन्यास र निर्वाचन हाइकमान्ड बनाउने प्रस्ताव गर्नु भएको हो । यसमा केही विषय मिल्नै नसक्ने खालका भए ।’

यसअघि विशेष महाधिवेशन पक्षधरहरूसँग संस्थापनका नेताहरूले पटकपटक वार्ता गरेका थिए । अन्तिम पटक विशेष पक्षधरहरूले विभिन्न ८ वटा बुँदासहितका शर्त अघि सारेका थिए ।


प्रतिकृया दिनुहोस्