Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेतृत्व फेर्न ५१ प्रतिशत भए पुग्छ : विशेष महाधिवेशन पक्षधर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २८ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयन गर्न २ तिहाइ मत नचाहिने बताएको छ।

सोमबार विशेष महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा विशेष महाधिवेशन पक्षधर नेता सुवाषकुमार पोखरेलले सभापतिविरुद्ध अविश्वास प्रस्ताव ल्याए मात्रै २ तिहाइ चाहिने बताए।

‘यो विशेष महाधिवेशन हो, यसले ५१ प्रतिशतलाई आकर्षित गर्छ,’ पोरखेलले भने, ‘र, अविश्वासको प्रस्तावले २ तिहाइलाई आकर्षित गर्छ।’

नेपाली कांग्रेसका नेता रमेश लेखकलाई सभापति हटाउन २ तिहाइ महाधिवेशन प्रतिनिधिको मत चाहिने बताएका थिए।

त्यसको जवाफ दिँदै पोरखेलले आफूहरुले कुनै व्यक्तिविरुद्ध विशेष महाधिवेशन नगरेको बताए।

‘हामीले सभापतिको उपर अविश्वास प्रस्ताव राखेको होइन,’ उनले भने, ‘सिंगो केन्द्रीय समितिले लिने नीति र नेतृत्वविरुद्ध राखेको हो। यो कुनै व्यक्ति उपर हुँदैन।’

महाधिवेशन पक्षधरले आइतबारसम्म विशेष महाधिवेशनका पक्षमा करिब ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेको दाबी गरेका थिए ।


प्रतिकृया दिनुहोस्