Skip

Hamro Sanchar

प्रचण्डको दाबी : नेकपाको पक्षमा फेरि भव्य जनमत बन्नेछ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २८ गते


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिस्ट पार्टीको पक्षमा फेरि पनि भव्य जनमत बन्ने अपेक्षा गरेको बताएका छन् ।

पेरिसडाँडामा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले भने, “विभिन्न दलमा जनप्रतिनिधि बन्नु भएका व्यक्ति पनि हाम्रो पार्टीमा प्रवेश गर्ने लहर चलेको छ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता चौधरी केही दिनअघि मात्रै हामीसँग एकता गरेर आउनुभयो ।”

व्यक्तिगत हैसियतमा पनि एमाले परित्याग गरेर नेपाली कम्युनिस्ट पार्टी प्रवेश गर्नेको लहर चलेको उनले बताए । केही दिनमा एमालेमा पहिरो नै जाने पनि उनले दाबी गरे । जनता समाजवादी पार्टी, नेपाल (उपेन्द्र यादव पक्ष)का उपाध्यक्ष शिवलाल थापामगरको नेतृत्वमा केन्द्रीय सदस्यहरूसहितको टिम सोमबार नेकपामा समाहित भएको छ । यस्तै, मनिस हेल्लोक नेतृत्वको लिम्बुवान क्रान्तिकारी पार्टी पनि नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ ।

 


प्रतिकृया दिनुहोस्