Skip

Hamro Sanchar

श्रीमान र श्रीमती एकै पटक सांसद हुन नपाउने महामन्त्री शर्माको प्रस्ताव

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २८ गते


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले श्रीमान-श्रीमती एकै पटक सांसद बन्न नपाउने प्रस्ताव गरेका छन्।

जनप्रतिनिधित्वमा नातावाद झल्किएको भन्ने विषय नागरिकहरूमा आलोचित र अलोकप्रिय बनेको उल्लेख गर्दै उनले त्यसलाई तोड्न यस्तो प्रस्ताव गरेका हुन्।

जारी विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री शर्माले पेस गरेको समसामयिक राजनीतिक समस्यासम्बन्धी प्रतिवेदनमा एकाघरका सदस्य (मूलतस् श्रीमान र श्रीमती) एउटै तहको जनप्रतिनिधि हुन नपाउनेु उल्लेख छ।

यसको अर्थ प्रतिनिधिसभा वा स्थानीय तहमा एकाघरमा सदस्य, खासगरी श्रीमान र श्रीमती सदस्य बन्न पाउने छैनन्।

गोदावरी महासमितिले बैठकबाट पारित राजनीतिक दस्तावेजमा उल्लिखित सन्दर्भ स्मरण गर्दै शर्माले विशेष महाधिवेशनले त्यसलाई कडाइका साथ अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले केन्द्रीय समितिमा ४० वर्ष मुनिका ४० जनालाई ल्याउने गरी विधानमा व्यवस्था गर्ने प्रस्ताव राखेका छन्। त्यसका लागि ३० वर्ष मुनिका २० जना र ३० भन्दामाथि र ४० नकटेका २० गरी केन्द्रीय समितिमा ४० जना समेट्न प्रस्ताव गरेका हुन्।

त्यस्तै, प्रदेश कार्यसमितिमा दुवै उमेर समूहको १०र१० जना समेटिने प्रस्ताव छ।

जिल्ला, संघीय क्षेत्र, प्रदेश सभा क्षेत्र, पालिका कार्यसमितिमा न्यूनतम ६र६ जना समे‍ट्ने गरी विधानमै व्यवस्था गर्ने महामन्त्री शर्माको प्रतिवेदनमा उल्लेख छ।

वडा कार्यसमितिमा न्यूनतम ४र४ जना सो उमेर समूहका रहने गरी व्यवस्था गर्ने प्रस्ताव छ।

यस्तै, केन्द्र र प्रदेश महाधिवेशन प्रतिनिधि छनोट गर्दा हरेक निर्वाचन क्षेत्रबाट महिला २ जना र १ जना पुरूष गरी तीन जना ३० वर्ष मुनिको पर्नेगरी ४ जना प्रतिनिधि छान्ने प्रस्ताव पनि उनको प्रतिवेदनमा उल्लेख छ।

यी प्रस्तावहरूमा बन्द सत्रमा सहभागी प्रतिनिधिले छलफल गरी निष्कर्षमा पुग्नेछ ।


प्रतिकृया दिनुहोस्