Skip

Hamro Sanchar

गगनलाई शंकरको जवाफ : स्वार्थसामु लम्पसार पर्नु दासता हो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २८ गते


काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेस महामन्त्री गगन थापालक्षित टिप्पणी गरेका छन् ।

महासचिव पोखरेलले भूराजनीतिक स्वार्थका सामु लम्पसार पर्नु दासता भएको र त्यसका विरुद्ध आवाज उठाउनु चाहिँ स्वाभिमान भएको प्रस्टीकरण दिएका हुन् ।

महामन्त्री थापाले आइतबार कांग्रेस दास र लासहरूको पार्टी नबन्ने र बाहरूले नबोल भन्दा चुप लाग्ने पार्टी नभएको बताएका थिए । थापाको सोही अभिव्यक्तिलाई लक्षित गर्दै पोखरेलले सोमबार बिहान सामाजिक सञ्जालमार्फत जवाफ फर्काएका हुन् ।

उनले भनेका छन्, ‘यसरी पनि सोच्न सकिन्छ—

भूराजनीतिक स्वार्थका सामु लम्पसार पर्नु दासता होस त्यसका विरुद्ध आवाज उठाउनु स्वाभिमान हो । विध्वंस, अराजकता र आतङ्कका सामु झुक्नु कायरता होस त्यसका विरुद्ध उभिएर जनताको मनोबल उठाउनु साहस हो ।’

संविधान, लोकतन्त्र र राष्ट्रको भविष्य नै सङ्कटमा परेको बेला, जन–जनको हृदय जलिरहेको घडीमा उत्सव कसरी मनाउन सकिन्छ र रु भन्दै प्रश्न समेत गरेका छन् ।

‘हो, देश जलिरहेका बेला उत्सव मनाउन नसक्नेहरू कसैका लागि ‘दास’ जस्ता लाग्न सक्छन् । तर ती तथाकथित दासहरू नै आजको समयका स्पार्टाकस पनि हुन सक्छन्’, पोखरेलले भनेका छन्,‘ती स्पार्टाकस—जसले स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानको झण्डा बोकेर आधुनिक विश्व व्यवस्थाको नयाँ आधारशिला निर्माण गर्नेछन् ।’


प्रतिकृया दिनुहोस्