
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आफू शेखर कोइरालाको आवाजलाई साकार पार्न भृकुटीमण्डप आएको बताए।
भृकुटीमण्डपको कांग्रेस विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने, उहाँको आवाजलाई साकार गर्न पनि म यहाँको आएको हुँ। अहिलेको नेतृत्वले टिकट दिए म लिन्नँ भन्नुभएको थियो। म नियमित महाधिवेशनमा भएन भने विशेष महाधिवेशन हुनुपर्छ भनेर बोल्नुभएको थियो। त्यसलाई साकार पार्न यहाँ उपस्थित भएको छु, उनले भने।
कार्कीले शेखर कोइरालाको विचार महाधिवेशन प्रतिनिधिले साकार पार्न भएकाले शेखर कोइरालाको भौतिक उपस्थितिको जरूरी नरहेको पनि बताए।
हामीले छानेको नेतृत्व हामीले परिवर्तन गर्न पाउनुपर्छ भनेर यहाँ आएका छौं। परिवर्तन गरेर जान्छौं। अब इतर भितर छैन। संस्थापन र इतरको समाप्त भयो। हामीले नेपाली कांग्रेस मात्रै छौं भनेर सन्देश दिएर यहाँबाट फर्किन्छौं भन्नका लागि पनि आएका हौं। जनतामा नेपाली कांग्रेसको गुन्जायमान विपी कोइरालाको पुनरागमन लिएर जान्छौं, उनले भने।














