
काठमाडौं । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले नेतृत्वको गलत रबैयाका कारण जनतामा पार्टीप्रतिको भरोसा टुटेको बताएका छन् ।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै पुनले यहाँबाट विगतका कमजोरी सच्याएर अघि बढ्नुपर्ने बताए ।
‘विगतमा नेतृत्वले पार्टी र सरकार एकपक्षीय रूपमा चलायो । हिजो जेजस्ता गल्ती कमजोरी गरिए त्यसका कारण जनतामा पार्टीप्रति भरोसा टुटेको छ,’ पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गर्दै उनले भने, ‘आफ्ना वरिपरि रहेका केही चम्चाहरूको कारण अहिले यो अवस्था आएको छ । आफूलाई सच्याउनुस् । भोलि उद्घाटन सत्रमा सहभागी हुनुस् र पार्टीलाई एकढिक्का बनाउनुस् ।’
उनले विशेष महाधिवेशनबाट पार्टीलाई नयाँ बनाउने, विधि र विधानअनुसार चल्ने पार्टी निर्माण गरिने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।














