Skip

Hamro Sanchar

सिमलताल नजिकै बसको टुक्रा भेटियो, गत वर्ष हराएको डिलक्स बस भएको आशंका

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २७ गते


काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल नजिकै बसको टुक्रा भेटिएको छ ।

सिमलतान नजिकै तनहुँ तर्फको बगरमा निलो रंगको बसको टुक्रा भेटिएपछि त्यसतर्फ प्रहरी परिचालन गरिएको छ ।

सो बसको भाग २०८१ असार २८ मा त्रिशूलीमा बेपत्ता दुई वटा डिलक्स बसको भाग भएको आशंका गरिएको छ ।

प्रहरी पठाएर त्यसबारे यकिन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रवीन्द्र खनालले बताए ।

बालुवामा पुरिएको अवस्थामा अवशेष भेटिएको छ । गत वर्ष त्रिशूलीमा खसेर दुई वटा डिलक्स बस हराएको थियो ।

बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेको थियो । बसमा सवार २५ जनाको शव भेटिएको थियो भने, ४० जना बेपत्ता भएका थिए ।


प्रतिकृया दिनुहोस्