Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

खुशी, प्रतिभा र सोयाले  जिते बागमती प्रदेशस्तरीय खुला तेक्वान्दोमा स्वर्ण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २६ गते


Advertisement

काठमाडौं । ललितपुरकी खुशी घलान, चितवनकी प्रतिभा श्रेष्ठ र भक्तपुरकी सोया चक्रधरले बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा स्वर्ण पदक जितेका छन् ।

जिल्ला समन्वय समिति काठमाडौंको संयोजन, बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोग र कागेश्वरी मनोहरा नगरपालिकाको आयोजनामा जारि प्रतियोगिताको सिनियर महिला ४९–५३ केजीको फाइनलमा आज खुशीले भक्तपुरकी सविना तामाङलाई पराजित गरेकि हुन्।

सिनियर महिला ५३–५७ केजीमा प्रतिभाले काठमाडौंकी अनुरा श्रेष्ठ तथा ५७–६१ केजीमा सोयाले काभ्रेकी एलिना बन्मालीलाई फाइनलमा हराए ।

थलीस्थित आयोजक कागेश्वरी मनोहरा नगरपालिको हातामा भइरहेको प्रतियोगिताको जुनियर पुरुष ४१–४४ केजीमा काठमाडौंका राहुल हाङ लिम्बू र महिला ३१–३४ केजीमा काठमाडौंकी सुप्रिया जोशीले स्वर्ण जिते । फाइनलमा राहुलले काठमाडौंका ललितबहादुर राणा तथा सुप्रियाले काठमाडौंकै रोनिशा गौतमलाई पाखा लगाए ।

जुनियर पुरुष ४४–४७ केजीमा नुवाकोटका सुदिप तामाङले काठमाडौंका रिडम बिसी तथा जुनियर महिला ३४–३७ केजीमा काठमाडौंकी जोबियानी तामाङले काठमाडौंकै साइना तामाङलाई पन्छ्याउदै पहिलो भए ।

प्रतियोगिताको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी, बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीलगायतको उपस्थिति रहेको थियो ।

 


प्रतिकृया दिनुहोस्