Skip

Hamro Sanchar

तानाशाह बनेको भन्दै गोपालमानले छाडे देउवाको साथ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २६ गते


काठमाडौँ । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ पार्टीमा सभापति शेरबहादुर देउवाको सहनै नसक्ने ज्यादती भएको भन्दै विशेष महाधिवेशनलाई साथ, सहयोग र समर्थन गर्ने बताएका छन् ।

श्रेष्ठले विशेष महाधिवेशनको पक्षमा खुल्ने नभइ पूरै लाग्ने बताए । ‘म अब विशेष महाधिवेशनको पक्षमा खुल्ने होइन पुरै लाग्ने हो,’ पूर्व उपसभापति श्रेष्ठले भने, ‘मैले १४औँ महाधिवेशनमा प्रस्तावक बनेर गल्ती गरेछु । शेरबहादुरजी तानाशाह बन्नुभयो । मनपरी गर्नुभयो ।’

शनिबार बिहान महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेपछि आफू सभापति देउवा नेतृत्वको संस्थापन समूह छोड्ने निष्कर्षमा पुगेको श्रेष्ठले बताए ।

श्रेष्ठले देउवा कार्यवाहक सभापति दिएर सिंगापुर गएर फर्किएपछि पूरै अधिकार लिएको भन्दै आपत्ति जनाए । ‘सिंगापुर जानुअघि कार्यवाहक दिएँ भन्नुभयो । आएपछि अधिकार सबै लिनुभयो । आफ्नो अर्काको चिन्नुभएन । सङ्कटमा साथ दिएकाको साथ छोड्नुभयो । अब विशेष महाधिवेशन सफल गर्न मेरो पूरै सहयोग हुन्छ,’ श्रेष्ठले भने ।


प्रतिकृया दिनुहोस्