Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २६ गते


Advertisement

काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको शनिबार (आज) हुने पदयात्रा लगायतका कार्यक्रम स्थगित गरिएको छ ।

नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य होमनाथ दाहालको सम्मानमा पदयात्रा लगायतका कार्यक्रम स्थगित गरिएको हो।

शनिबार दोश्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयले एक विज्ञप्ति जारी गर्दै पदयात्रा लगायतका कार्यक्रम स्थगित गरिएको जानकारी दिएको छ ।

सचिवालयले दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना समेत प्रकट गरेको छ । दाहालको शुक्रबार साँझ निधन भएको थियो ।

 


प्रतिकृया दिनुहोस्