Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

विश्वप्रकाशले भने : विशेष महाधिवेशनमा सभापति र कार्यवाहक सभापतिलाई पनि आमन्त्रण गरेका छौँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २५ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशन पार्टी विधानको व्यवस्थाअनुसार अघि बढ्ने हुने बताएका छन्।

महाधिवेशनस्थलको अवलोकनका क्रममा शुक्रबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले सो दाबी गरेका हुन्। उनले विशेष महाधिवेशनको प्रक्रिया प्रारम्भ भइसकेपछि त्यसको कार्यविधि निर्माण गरिने र सोही अनुसार महाधिवेशनले नेतृत्व चयनको प्रक्रियामा जाने बताए।

उनले पार्टीका कुनैपनि नेताहरूलाई अनादर गर्ने तथा उनीहरूप्रति नकारात्मक टिप्पणी गर्ने पक्षमा आफू नरहेको बताउँदै विधानको व्यवस्थाअनुसार महाधिवेशनको प्रक्रिया अगाडि बढ्नुपर्नेमा जोड दिए।

उनले महाधिवेशनमा सहभागी हुन पार्टी सभापति तथा कार्यवाहक सभापतिलाई समेत निमन्त्रणा गरिसकेको बताए।

उनले भने, ‘हामी अहिले कसैका बारेमा पनि कुनै टिप्पणी गर्दैनौँ। मात्रै प्रश्न के हो भने पार्टीको विधानमा व्यवस्था भएबमोजिम हुनेछ कि छै भन्ने मूल प्रश्न हो। त्यसैले यसमा पार्टी सभापति र कार्यवाहक सभापतिको पनि सहभागिताका लागि साथीहरूले आह्वान गर्नुभएको छ।’

उनले आइतवारदेखि शुरु हुने विशेष महाधिवेशन समग्र पार्टीको साझा मञ्चको रुपमा अगाडि बढ्ने विश्वास समेत व्यक्त गरे ।


प्रतिकृया दिनुहोस्