Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

हर्क साम्पाङ सुनसरी-१ बाट प्रतिनिधि सभाको चुनाव लड्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २३ गते


Advertisement

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सुनसरी-१ बाट प्रतिनिधि सभाको चुनाव लड्ने घोषणा गरेका छन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत साम्पाङले उम्मेदवार बन्ने घोषणा गरेका हुन्। साम्पाङले भनेका छन्, ‘म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु!जय माटो!जय देश!’

उनी श्रम संस्कृति पार्टी खोलेर राजनीतिक गतिविधिमा सक्रिय भइरहेका छन्। अहिले देशका विभिन्न ठाउँमा पुगेर संगठन विस्तार गरिरहेका छन्।

गत २०७९ सालको निर्वाचनमा सुनसरी–१ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका अशोक राई निर्वाचन भएका थिए। अहिले राईले जसपा नेपाललाई विभाजित गरेर जसपा बनाएका छन्।

गत निर्वाचनमा राईले १७ हजार ५९ मत पाएका थिए। दोस्रो नम्बरमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की गोमा तामाङले १६ हजार ६०६ मत पाएकी थिइन्।

नेकपा (माओवादी केन्द्र)का मुक्सामहाङ्ग सुब्बा तेस्रो नम्बरमा थिए। उनले १३ हजार ८७ मत पाएका थिए ।

 


प्रतिकृया दिनुहोस्