Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गान्धी आदर्श माविमा खेलकुद सप्ताह सम्पन्न, विजयी विद्यार्थी सम्मानित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १८ गते


Advertisement

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर–९ मा रहेको श्री गान्धी आदर्श माध्यमिक विद्यालयले खेलकुद सप्ताहको भव्य रूपमा समापन गरेको छ।

नगरप्रमुख उपेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयले सञ्चालन गरेका विभिन्न खेल विधामा विजयी भएका खेलाडी तथा छात्रछात्राहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गया प्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गणेश चन्द, शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख कार्कीले गान्धी आदर्श माध्यमिक विद्यालय नगरपालिकाकै सबैभन्दा ठूलो तथा धेरै विद्यार्थी अध्ययन गर्ने विद्यालयका रूपमा स्थापित भएको उल्लेख गर्दै खेलकुदले विद्यार्थीको शारीरिक, मानसिक तथा अनुशासनात्मक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले शैक्षिक गुणस्तरसँगै खेलकुदलाई पनि विद्यालयले प्राथमिकतामा राखेकोमा धन्यवाद दिए।

विद्यालय परिवारले आगामी दिनमा पनि यस्ता अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिने बताएको छ।


प्रतिकृया दिनुहोस्