
कास्की । पोखरामा आजदेखि चार दिनसम्म दैनिक बिहान ६ देखि ११ बजेसम्म पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ।
कुँडहर सबस्टेशनको १३२ केभी बसबार स्तरोन्नति कार्यका कारण विजयपुरदेखि हरिचोकसम्मका धेरैजसो क्षेत्रमा बिजुली कटौती हुने विद्युत् प्राधिकरणले जनाएको छ ।
यसैबीच, पोखरा महानगरपालिकाले बजार क्षेत्रलाई ताररहित बनाउने योजनाअन्तर्गत इन्टरनेट सेवा प्रदायकहरूलाई अव्यवस्थित तार एक महिनाभित्र हटाउन आग्रह गरेको छ ।
विद्युत् प्राधिकरणको २३ किमी क्षेत्रमा तार भूमिगत गर्ने परियोजनाको अहिलेसम्म ६० प्रतिशत काम सम्पन्न भइसकेको छ, जसले पोखराको शहरी सौन्दर्य बढाउने अपेक्षा गरिएको छ ।

















