Skip

Hamro Sanchar

पेट्रोलियम पदार्थको मूल्य घट्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १६ गते


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।

आज प्रकाशित सूचना अनुसार, पेट्रोलमा ४ रुपैयाँ, डिजेलरमट्टितेलमा ५ रुपैयाँका दरले मूल्य घटाइएको छ। त्यस्तै, हवाइ इन्धन आन्तरिकतर्फ पनि ६ रुपैयाँले मूल्य घटाइएको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ।

हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ भने प्रति किलोमिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको निगमले जनाएको छ।

 


प्रतिकृया दिनुहोस्