Skip

Hamro Sanchar

सुनचाँदीको मुल्य आज सामान्य घट्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १० गते


काठमाडौं । सुनचाँदीको भाउ आज सामान्य घटेको छ ।

सुन आज तोलामा ६ सय रुपैयाँले घटेर तोलाको दुई लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको दुई लाख ६८ हजार एक सय रुपैयाँ थियो ।

यस्तै आज चाँदी तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदी २० रुपैयाँले घटेर तोलाको चार हजार चार सय रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ ।

हिजो चाँदीको भाउ अहिलेसम्मकै उच्च तोलाको चार हजार चार सय २० रुपैयाँ थियो ।


प्रतिकृया दिनुहोस्