Skip

Hamro Sanchar

एमाले महाधिवेशन : अहिलेसम्म करिब ११ सय मत खस्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २ गते


काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ । रामलक्ष्मण भोटिङ मेसिनबाट बुधबार बिहान ९ः१५ बजेबाट मतदान भइरहेको हो।

साँझ ७ बजेसम्म करिब ११ सय मत खसेको एमाले निर्वाचन आयोगले जनाएको छ । मतदान जारी छ, हालसम्म करिब ११ सय मत खस्यो, निर्वाचन आयोग सचिव कुन्साङ लामाले भने।

महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधिले मतदान गर्दै छन् । महाधिवेशनमा दुई पक्षीय प्यानलको प्रतिस्पर्धा भइरहेको छ । अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा छन् ।

यस्तै एमालेको महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतदान केन्द्र प्रवेशको समय थप गरिएको छ ।

महासचिव शंकर पोखरेलले यसअघि साँझ ८ बजेसम्मका लागि तय भएको समय थप गरेर राति १० बजेसम्मका लागि मतदानको समय तोकिएको हो ।

एमालेको निर्वाचन कार्यतालिका अनुसार साँझ ५ बजेसम्म मतदान गर्ने भनिएको थियो । मतदानको प्रक्रिया सुरु समयमै नहुँदा, मतदानका लागि विद्युतीय मेसिनमा पदाधिकारी अभ्यस्त नहुँदा समय सारिएको पोखरेलको भनाइ छ ।

एमालेको नयाँ नेतृत्वका लागि केपी ओली र ईश्वर पोखरेल प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा छन् ।

 


प्रतिकृया दिनुहोस्