Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पोखरा विमानस्थलका आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १ गते


Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वप्रबन्धक हाल पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइ प्रमुख बिनेश मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ करो ५० लाख ३४ हजार ५१७ रुपैयाँ १९ पैसा भ्रष्टाचार गरेको दाबी गरेको छ। उनले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानूनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको अख्तियारको आरोप छ।

मुनकर्मी २०५४ फागुन १ गतेदेखि सरकारी सेवामा कार्यरत छन्। उनले २०८० मंसिर १४ गतेसम्मको अवधिको आयव्याय बारे अख्तियारले अनुसन्धान गरेको हो।

यो अवधिमा उनको वैधानिक आम्दानीभन्दा बढी खर्च देखिएको अख्तियारले जनाएको छ।

बिनेश मुनकर्मीको एकाघरको परिवारकै तलबसहितको वैधानिक आम्दानी र खर्चको अनुसन्धान अख्तियारले गरेको थियो। जसमा सम्पुर्ण स्रोतबाट आम्दानी ३ करोड ७३ लाख ८१ हजार ४४४ रुपैयाँ २० पैसा पाइएको छ।

तर यो अवधिमा ६ करोड २४ लाख १५ हजार ९६१ रुपैयाँ ३९ पैसा खर्च गरेको पाइएको छ। यसरी उनको वैधानिक आम्दानी भन्दा २ करोड ५० लाख ३४ हआर ५१७ रुपैयाँ १९ पैसा बढी खर्च भएको पाइएको छ।

उनले यो रकम गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप अख्तियारको छ।

उनकी श्रीमती पूर्ण केशरी गोसाईलाई पनि सम्पत्ति जफतका लागि अख्तियारले प्रतिवादी बनाएको छ। यसअघि अख्तियारले पोखरा विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचारमा ५ पूर्वमन्त्री, एक चिनियाँ कम्पनीसहित ५६ प्रतिवादीविरुद्ध मुद्दा दायर गरिसकेको छ ।


प्रतिकृया दिनुहोस्