Skip

Hamro Sanchar

आईपीएल अक्सनमा सबैभन्दा महँगो विदेशी खेलाडी बने क्यामरुन ग्रीन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १ गते


काठमाडौं । अस्ट्रेलियाका क्यामरुन ग्रीन इन्डियन प्रिमियर लिग (आईपीएल)को अक्सनमा सबैभन्दा महँगो विदेशी खेलाडी बनेका छन् ।

आईपीएल–२०२६ का निम्ति मंगलबार जारी अक्सनमा ग्रीनलाई कोलकाता नाइट राइडर्सले २५ करोड २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको हो ।

यो आईपीएल इतिहासमै कुनै पनि विदेशी खेलाडीले पाएको सबैभन्दा ठूलो रकम हो ।

यसअघि सन् २०२४ मा अस्ट्रेलियाकै मिचेल स्टार्क सबैभन्दा महँगो विदेशी खेलाडी बनेका थिए । उक्त वर्ष कोलकाताले नै स्टार्कलाई २४.७५ करोड भारुमा अनुबन्ध गरेको थियो ।

समग्रमा भने यो कुनै पनि खेलाडीले पाएको तेस्रो सबैभन्दा ठूलो रकम हो । ग्रीनअघि रहेका ऋषब पन्तलाई लखनउ सुपर जायन्ट्सले सन् २०२५ मा २७ करोड र श्रेयस ऐयरलाई पनि सोही वर्ष २६.७५ लाख भारतीय रुपैयाँमा पञ्जाव किंग्सले अनुबन्ध गरेको थियो ।

मंगलबारको अक्सनमा ग्रीनको न्यूनतम मुल्य २ करोड थियो । जसमा मुम्बई इन्डियन्सले सबैभन्दा सुरुमा ग्रीनमाथि बोली लगाएको थियो । ग्रीनको अक्सनमा कोलकाता र चेन्नाईले इच्छा देखाउँदै बोली बढाएका थिए ।


प्रतिकृया दिनुहोस्