
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषद्का अध्यक्ष एवं प्रवक्ता सन्तोष परियार सन् २०२५ को ‘अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार’बाट सम्मानित हुने भएका छन् ।
परियारले आफू उक्त पुरस्कारका निम्ति छानिएको भन्दै सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका छन् ।
उनले लेखेका छन्, “…एउटा सामान्य मजस्तो मान्छेलाई अम्बेडकरकै नामसँग जोडिन पाउँदा कति खुसी होला ! म खुसी छु, अझ बढी गम्भीर र जिम्मेवार महसुस गरेको छु ।”
उनले संसारभरका दलनमा पारिएका, हेपिएका र समाजको संस्कृति, अर्थतन्त्र र राजनीतिबाट छुटाइएकाका खातिर ‘सक्नेजति सबै’ गर्ने संकल्प गरेका छन् ।


















