Skip

Hamro Sanchar

महिला तथा बालबालिकामा श्रद्धा श्रेष्ठ सहित ४ मन्त्री नियुक्त : लिए शपथ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २६ गते


काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच नवनियुक्त चार मन्त्रीहरूले शपथ लिएका हुन् । मन्त्री हुनेहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन् ।

उनीहरूलाई प्रधानमन्त्रीको सिफारिसमा आजै राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त चार मन्त्रीहरूमध्ये श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नाम भूमि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।


प्रतिकृया दिनुहोस्