Skip

Hamro Sanchar

आज सुनचाँदीकै मूल्य बढ्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २५ गते


काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ल।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुन आज  एक हजार रुपैयाँले बढेको हो ।

बुधबार प्रतितोला दुई लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको सुन बिहीबार बढेर दुई लाख ५३ हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस दिन चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले वृद्धि भएर तीन हजार ८०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

अघिल्लो दिन प्रतितोला तीन हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिकृया दिनुहोस्