Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

निर्वाचन तोकिएकै मितिमा हुन्छ, सर्दैन, सार्नु हुँदैन : अर्थमन्त्री खनाल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २१ गते


Advertisement

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले तोकिएकै मितिमा प्रतिनिधिसभाको निर्वाचन हुने स्पष्ट पारेका छन्।

नेपाल आर्थिक पत्रकार संघ ९नाफिज०को १६ औँ वार्षिक साधारणसभामा उनले यस्तो बताएका हुन्।

‘भ्रष्टाचार अत्यन्त बढ्यो, राज्यका शक्तिशाली व्यक्तिहरुबाटै यसलाई बढावा दिए र त्यसको अन्त्य हुनुपर्छ। र सेवा प्रवाह पारदर्शी हुनुपर्छ भन्ने थियो। उनीहरुले यो माग निरन्तर दिइरहेका छन्’, अर्थमन्त्री खनालले भने, ‘कुनै पनि हिसाबले निर्वाचन सार्नु भनेको मुलुकलाई अनिश्चय दिशामा लैजान्छ। यसको अनेक क्रियाकलापहरूमा असर गर्छ। कुनै पनि हालतमा समयमा निर्वाचन हुनुपर्छ। यसका लागि सकारात्मक महोल हुनुपर्छ। यसका लागि सरकार पनि लागि परेको छ।’

सबै दलहरूको सहमति र आम नागरिकको सहमतिमा समयमा निर्वाचन गराइने उनले बताए। सुरक्षित, भयरहित र निष्पक्ष भएर अन्तर्राष्ट्रिय जगतमा पनि लोकतान्त्रिक अभ्यासमा गएर निर्वाचन समयमै गरेको छवि बनाउनु पर्ने उनको भनाइ छ।

अन्तर्राष्ट्रियजगतले राम्रो मूल्यांकन गरिरहेकाले नेपालले पनि त्यो दृष्टिकोण परिवर्तन गर्न नहुने उनले बताए। सरकारको छवि अझै सुधार गर्नका लागि नेपाल सरकारले आगामी दिनमा सुधारका काम गर्नुपर्ने आवश्यकता रहेको उनले औँल्याए ।


प्रतिकृया दिनुहोस्