Skip

Hamro Sanchar

एनपीएलमा आज दुई खेल : पोखरा र काठमाडौँ तथा सुदूरपश्चिम र चितवन भिड्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, १८ गते


काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछन्।

पहिलो खेल ११ः४५ बजे हुनेछ। यो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्नेछन्। अपराह्न ४ः०० बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुने तालिका छ।

पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ। काठमाडौँले भने छ खेलबाट आठ अङ्क जोडेको छ।

प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन्।

सुदूरपश्चिम १० अङ्कका साथ शीर्ष स्थानमा छ। पाँच खेलबाट चार अङ्क जोडेको चितवनलाई प्लेअफका लागि जित्नैपर्ने बाध्यता छ ।


प्रतिकृया दिनुहोस्