Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एनपीएलमा सुदूरपश्चिमको लगातार चौथो जित : लुम्बिनीको लगातार तेस्रो हार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, ११ गते


Advertisement

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग ९एनपीएल०मा साविक उपविजेता सुदूरपश्चिम रोयल्सले लगातार चौथो जित हासिल गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई सात विकेटले पराजित गरेको हो। एनपीएलको दोस्रो सिजनका सुदूरपश्चिमले सुरुवातदेखि नै राम्रो प्रदर्शन गरिरहेको छ। यो जितसँगै सुदूरपश्चिम अन्तिम चार नजिक पुगेको छ।

गत सिजनमा पुछारमा रहेको लुम्बिनीले यस सिजनमा राम्रो सुरुवात गरे पनि त्यसपछि भने सम्हालिन सकेको छैन। पहिलो खेलमा चितवनलाई ६ विकेटले पराजित गरेको लुम्बिनी त्यसपछि दोस्रो खेलमा कर्णाली याक्ससँग नौ विकेटले र तेस्रो खेलमा काठमाडौँ गोर्खाजसँग २२ रनले पराजित भएको थियो।

राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले नेतृत्व गरेको लुम्बिनीलाई अब अन्तिम चारमा पुग्न कठिन भएको छ। अर्को खेलमा पोखरा एभेन्जर्ससँग प्रतिस्पर्धा गर्नेछ ।


प्रतिकृया दिनुहोस्